पहिलो पाइला



घटना - १ , २०१७ जुलाई ८ "भाइ यो लान मिल्दैन" उनले झर्केर बोले । मेरो मन पिरो भो । उसै त गह भरिएका थिए । भरी तलाउमा कसैले ढुंगा फाले जस्तै लाग्यो उनको बोली । मैले मलिन आवाजमा सोधें , किन र सर ? यस्तो तरल कुरा यसरी खुल्ला भाँडोमा लान्छन् ? डवल प्याक गरेको छु सर । प्लास्टिक आगोले पोलेर बन्द गरेको छु, मैले विनयको भावमा भनें । उनको आवाज उस्तै चर्को थियो नुन बढी भएको तरकारी जस्तै । लैजान मिल्दैन यो यही छाडेर जानुस् लेट भइसक्यो । त्यसो नभन्नुस् सर - मैले रून्चे आवाजले विन्ती गरीरहें । उनी टसकोमस भएनन् । कहाँ हो घर , कहाँ बाट आउनु भएको ? सर यही बुटवल हो हजुर ! "छोड्न आएका मान्छे होलान् नि उनीसंगै पठाइदिनुस् । " "सर म बाहिर जाँदैछु । थाहा भएन ।" 'घर बाट निस्केपछी सबै बाहिर हो '। उनको आवाज उस्तै चर्को र मिच्छिएको थियो । सर , म जापान जाँदैछु पर्सीको फ्लाइट छ । बुवा, अंकल र साथीहरू आउनु भएको थियो फर्कीसक्नु भो ।" त्यसैविचमा अर्का स्टाफ आए र सोधे - "के भयो ?" कस्ता कस्ता मान्छे आउंछन् । यस्तो चिज खुल्लै लिएर आछन् । उनले उनी संग म संगको आक्रोस पोखे । अर्का स्टाफले मेरो नजिक भएर भने - भाइ तपाइंले सिल गरेर लगेजमा हाल्नुपर्ने । यस्तो लिक्वुड हेन्ड क्यारीमा लान मिल्दैन , के छ बट्टामा ? "सर यो घिउ हो" मैले भनें । "घिउ खान हुन्न ग्यास्ट्रिक हुन्छ । छाड्दिनुस् यहीं । भित्र जानुस् लेट भैसक्यो । " "सर यो तपाइंले देख्दा घिउ हो तर मेरा लागि अमृत हो । यसको प्रत्येक थोपा थोपाथोपामा मेरी आमाको माया मिसिएको छ । कसरी हुन्छ लैजान दिनुस् ।" उनी केही बोलेनन् । एकछिन सम्म केवल टोलाइरहे । फरक्क फर्किए स्टाफ रूममा पुगे र हातमा कार्टुन टेप बोकेर आए । घिउको बट्टा पुरै टेपले बेरे । बट्टा टेपमय भयो । साइनपेनले केही लेखे र अर्को तिर बाट अघि बढे । लगेज बक्समा पुगिसकेको लगेर क्यारीमा डोराउँदै आए र ल राख्नुस् । यस्ता लिक्वुड हरू कैले पनि हेन्डक्यारीमा नराख्नू । सिल गरेर लगेजमा राख्नु होला । कहिले छ फ्लाइट ? " उनले एकै स्वासमा सोधे । पर्सी हजुर, जापानको । " कैले फर्कने ? " मैले लगेज खोलेर बट्टा भित्र राख्दै भनें - "पढ्न जाँदैछु सर । डेड दुई वर्षमा फर्किन्छु । " लगेज म संग अघि झर्किएर बोल्ने मानिसले डोराउँदै भित्र लगे । "ल राम्रो संग जानुहोला । फर्केर आउनुहोला नि । धेरै नेपालीहरू विदेश गएपछी उतै रमाउने चलन छ । उनको देश प्रेम र म प्रतिको सहानुभूतिले कृतज्ञ भएं । मनमनै सोचें - संसारमा कोमल हृदयका मानिस पनि त छन् । "धेरै धेरै धन्यवाद सर । छिट्टै आउनेछु ।" ल राम्रो संग जानुस् भन्दै उनी स्टाफ रूममा छिरे म वेटिङ रूममा । सबै आफ्नै धुन र आफ्नै हतारमा थिए । म कसैको अनुहारमा हेर्न सक्ने स्थितीमा थिईन । मन गह्रौं भइरहेको थियो । अघिल्लो रातको अनिदोले टाउको उसै नि भारी थियो । आँखामा आमाका टिलपिलाएका आँखा आइरहेथे । बुवाले छुट्ने बेलामा भन्नु भएको - आफ्नो ख्याल राख्नु " शब्द कानमा गुन्जिरहेथे । साथीभाईको पीडामिश्रीत हासो सम्झिदै प्लेन चढें । सौर्य एयरलाइनले विस्तारै भैरहवाको धावन मार्ग छाड्दै गयो र मैले परदेश यात्राको पहिलो पाइला ...

Post a Comment

Previous Post Next Post