बाटो विराउनेहरूसंग हैन,
डराउन त हिडेको बाटो बिर्सनेहरू संग पर्दो रहेछ
साहिँलादाइ
समृद्धीको उकालोमा तिमी त सगरमाथा चुम्यौ होला
हामीलाई त महंगीले नाम्चे बजार बाट माथी उठ्न दिएन
तिमीलाई बोकेर हिड्दा गएका
काँधको छाला चहऱ्याउँदैछ अझै
पुरिएका छैनन् पाइतालाका घाउहरू
दुख्दैछन् अझै बढी - तिमीले गरेका वेवास्ताका चोटहरू
परिवर्तन भनेको -
नागरिकको रगत चुसेर रजाइँ गर्नु रहेछ
समृद्धी भनेको -
आफ्नो स्तुतीगान गाउनेहरूलाई भऱ्याङ चढाउनु रहेछ
फरक हुंदो रहेछ - जनता र शासकको विषय
फेरिदो रहेछ - शासकको भाषा
मिल्दैन रहेछ - शासक र जनताको व्याकरण
बेसार खाएरै निको हुने भए त
खुवाउनु हुन्थ्यो पेट भरून्जेल बेसार
ती तमाम अपराधीहरूलाई
जसको आजन्म आपराधिक मानसिकता नस्ट होस्
हातको मैला सम्म धोएर नपखालिने समयमा
साबुन पानीले धोएर कोरोना भगाऊ भन्छौ
मिल्ने भए त
भ्रष्टाचारलाई पनि साबुन पानीले मिचेर पखाल्नु हुन्थ्यो
चिल्ला भाषणले पेट भरिने भए
मर्नु पर्थेन मजदूरहरू सडकमा भोकै छट्पटाएर कसैले
हाच्छिउँ गरेर रोग भाग्ने भए
मर्नु पर्थेन झाडापखालाले क्वारेन्टिनमा कसैले
कागजमा चित्र बनाउनु मात्रै
देश बनाउनु हैन साहिंला दाइ
देश बनाउन पहिले देशमा नागरिक बचाऊ
नागरिक भए त - देश नागरिकले नै बनाउछन्
राष्ट्रवादको खोक्रो नाराले देश चल्दैन साहिंला दाइ
आक्रोस उम्लिएको मात्रै छ - आगो सल्किएको छैन
तिमीलाई थाहै छ - भोकाएको मानिस बाघ भन्दा खतरनाक हुन्छ
विद्रोहको आगो - सबैभन्दा भयानक हुन्छ
आँखा चिम्म गरेर सोच
फर्केर हेर - तिमीले हिडेको बाटो
तिमी कहाँ पुग्यौ - कहाँ छुटे तिमीलाई अघि लाउनेहरू
अव त
तिमीलाई पनि लाग्नु पर्ने हो -
राष्ट्रवाद भनेको
सुरवालको ईजार जस्तो रहेछ
कस्यो आफैलाई छिनाल्ने डर
नकस्यो आफैलाई नंगाउने डर !
#EnoughIsEnough #QuaratinePoetry
#क्वारेन्टिनकविता

Post a Comment